सल्यानको कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका डिल्ली राना ६०८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् ।
महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।
उक्त वडाबाट कांग्रेस–एमाले गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीलाई ५५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५५८ मत प्राप्त गरेका छन् भने कांग्रेस–एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गरेका छन् । कुल मतदाता १७३९ रहेको कुमाख गाउँपालिका वडा नं. १ मा १२१४ मत खसेको थियो ।
प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार ०७:४३