
१७ पुस, सल्यान ।
सल्यान १ बाट प्रदेशसभा सांसद गुलावजंग शाहले अवको तीन वर्ष पछि आफ्नो निर्वाचन क्षेत्रमा भौतीक पूर्वाधारको क्षेत्रमा व्यापक सुधार हुने दाबी गरेका छन् । अधिकांश ठाउँमा विजुली पुग्ने, विद्यालय भवन बन्ने, बाँझो जमिनमा सिंचाई पुर्याउने सिद्ध कुमाखको ढोरचौरबाट सुर्खेत सदरमुकाम जोड्ने सबै भन्दा छिटो बाटो निर्वाध रुपमा जान सक्ने गरि विकास हुने उनको दावी छ ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) कर्णालीका प्रमुख सचेतक तथा पार्टिका सल्यान जिल्ला सह–ईन्चार्ज समेत रहेका शाहले काम गरेर देखाउन भने जस्तै सजिलो नभएको स्वीकार्दै सुधारको बाटोमा आफुहरु रहेको बताए । कभरखबर डटकम संग कुरा गर्दै उनले अव पार्टिका कुनै पनि सदस्यले फुर्सद नपाउने बताए । शाहसंग कभरखबर डटकमका शंकर के सीले गरेको ताजा कुराकानी सुन्न यहाँ तल क्लिक गर्नुस् ।
प्रकाशित मिति: १७ पुष २०७६, बिहीबार ०९:०२