कुमाख गाउँपालिकाको दुइवटा वडामा माओवादी केन्द्र विजयी


सल्यान,बैशाख ३१
कुमाख गाउँपालिका –१मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् ।रानाले ६सय ८ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस(एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत प्राप्त गरेका छन् ।


महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।
सो वडाबाट कांग्रेस–एमाले गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीलाई ५सय ५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५सय १७ मत प्राप्त गरेका छन् ।


त्यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५सय ५८ मत प्राप्त गरेका छन् भने कांग्रेस–एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४सय ८० मत प्राप्त गरेका छन् कुल मतदाता १हजार ७ सय ३९ रहेको कुमाख गाउँपालिका वडा १ मा १हजार २सय १४ मत खसेको थियो ।


यस्तै कुमाख गाउँपालिका वडा नं। ७ मा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन् ।शाहीले ६ सय४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५सय ९५ मत प्राप्त गरेका छन् ।


त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो। कुल मतदाता १हजार ९सय ८९ रहेको वडा नम्बर ७ मा १हजार ३सय ३८ मत खसेको थियो।

प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार ११:२९