सल्यानको कपुरकोटमा एकीकृत समाजवादीको अग्रता

सल्यान। सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।

६१३ मत गणना गर्दा माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार दुर्गा पुनले २७१ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार भीम बहादुर सेनले २४१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार विष्णु प्रसाद शर्माले भने ५९ मत ल्याएका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार ११:५८