कपुरकोटमा ४ मा एमालेको प्यानल नैे विजयी (हाल सम्मको अपडेट सहित)

सल्यान, १ जेठ ।

कपुरकोट गाउँपालिकाको वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मित्रलाल कठायत बिजयी भएका छन । जम्मा खसेको मत १४२८ मध्ये उनले ६४९ मत ल्याएर निर्वाचित भएका हुन । निकटतम प्रतिद्वन्दी काग्रेसका गोपालसिंह बुढाले ५१२ मत प्राप्त गरेका छन । यस्तै माओबादी र समाजबादिको गठबन्धनबाट उम्मेदवार बनेका माओबादी केन्द्रका खड्क सिंह ठकुरिले १८२ मात्रै मत प्राप्त गरे ।

यस्तै महिला सदस्य , दलित महिला सदस्य र खुल्ला सदस्यमा पनि एमालेकै उम्मेदवारहरु विजयी भएका छन् ।

कपुरकोट गाउँपालिकामा हालसम्म वडा नं १,२, ३ र ४ गरेर आइतबार बेलुकी ८ बजे सम्म जम्मा ४९१६ मत गणना सम्पन्न भएको छ । जसको परिणाम अन्तर्गत गाउँपालिका अध्यक्ष पदमा एमालेका भिम बहादुर सेनले २०१३ मत, कांग्रेसका बिष्णु प्रसाद शर्माले ११७१ मत, गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका दुर्गा बहादुर पुनले १३८९ र राष्ट्रिय जनमोर्चाका तुल्सिराम योगीले २२ मत प्राप्त गरेका छन ।

उपाध्यक्ष पदमा एमालेका भिमा बुढाथोकीले १९४८ मत, कांग्रेसका ओकी महताराले १०८४ र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १५४० मत प्राप्त गरेका छन ।

प्रकाशित मिति: १ जेष्ठ २०७९, आईतवार २०:०३