
कपुरकोट गाउँपालिकामा ३१६० मतको साथ पालिका हाँक्ने जिम्मेवारी प्राप्त गरेका दुर्गा बहादुर पुन कपुरकोट ५ रिम निवासी हुन् । माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनबाट एकिकृत समाजवादीका कपुरकोट गाउँपालिका अध्यक्ष समेत रहेका उनी कलम चिन्ह लिएर चुनावी मैदानमा उत्रीए । र गाउँपालिका अध्यक्षमा जीत दर्ता गराउन सफल भए ।
२०७८ सालमा सामाजीक अभियन्ताको क्षेत्रमा अन्तराष्ट्रिय यशिया अवार्ड प्राप्त गरेका थिए ।
वि.सं. २०२९÷०२÷०९ मा बुवा बेद बहादुर पुन र आमा मणि पुनको कोखबाट जन्मीएका उनी जनसंगठन तथा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । २०४६ सालमा जिवन ज्योति माध्यमिक विद्यालय रिम सल्यानको अनेरास्ववियू प्रारम्भीक कमीटीको सचिव बनेका पुनले २०४८ सालमा अनेरास्ववियू जिल्ला कमिति सचिव, २०५० सालमा त्रिभुवन बहुमूखि क्याम्पस तानसेन पाल्पामा अनेरास्ववियू प्रा.क. सदस्य, २०५१ सालमा त्रिभुवन बहुमूखि क्याम्पस तानसेन पाल्पामा स्ववियू सदस्यको रुपमा जिम्मेवारी पुरा गरेका थिए ।
यस्तै २०५३ सालमा नेक.पा.एमाले रिम गाउँ कमिटी सचिव, २०५५ सालमा अनेरास्ववियू राप्ती अञ्चल कमिटि सचिव, २०७० सालमा पेपागत महासंघ नेपाल सल्यान जिल्ला कमिटि सचिव, २०७३ सालमा ने.क.पा एमाले सल्यान जि.कबाट. सल्लाहकार परिषद सदस्य, २०७८ सालमा पेशागत महासंग नेपाल केन्द्रिय कमिटि सदस्य र २०७८ सालमा नेकपा (एकिकृत समाजवादी) कपुरकोट गाउँ पालिका कमिटि अध्यक्ष र सल्यान जिल्ला कमिटि सदस्यको जिम्मेवारी प्राप्त गरे ।
पुनको शैक्षिक योग्यता एम.ए.(समाजशास्त्र), वि.एल., वि.एड रहेको छ । गाउँपालिका अध्यक्षमा निर्वाचित पुनले सामाजीक क्षेत्रमा पनि लामो अनुभव संगालेका छन् । २०६० सालमा पास नेपाल सल्यानको जिल्ला संयोजक, २०६३ सालमा जि.टि.जेडमा सल्यानमा प्रशासन अधिकृत, २०६२ सालमा गैर सरकारी संस्था महासंघ नोपल सल्यानको अध्यक्ष, २०६३ सालमा जिल्ला शान्ति समिति सल्यानको सदस्य, २०७१ सालमा नेपाल रेडक्रस सोसाईटी सल्यानको सदस्य, २०७५ सालमा नेपाल बार एशोसियसन सल्यानको उपाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् ।
पुनले २०७८ सालमा सामाजीक अभियन्ताको क्षेत्रमा अन्तराष्ट्रिय यशिया अवार्ड प्राप्त गरेका थिए ।
यसका साथै शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, आयआर्जन, मानव अधिकार, सुशासन, दिगो विकास जस्ता क्षेत्रमा निरन्तर १८ वर्ष सम्म विभिन्न दातृनिकायहरुसंग सहकार्य गरि सफलतापूर्वक कार्यक्रम संचालन गर्न नेतृत्वदायि ओहदामा वसि कार्य सम्पन्न गरेका छन् । सल्यान जिल्लाका अति विकट क्षेत्रका विपन्न समुदायसमा विकास साझेदार सस्थाको हेसियतले भौतिक तथा मानविय विकासका कार्यक्रमहरु संचालन गर्ने तथा अन्यायमा परेका विपन्न समुदायहरुका लागि निशुल्क रुपमा कानूनी सेवा प्रदान जस्ता कार्य पनि पुनले गरेका छन् ।
प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलवार १३:४२