
सल्यान, २३ असोज ।
कांग्रेस सल्यानमा विद्रोह गर्दै दुई नेताले प्रतिनिधीसभा र प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले प्रतिनिधीसभा र नेपाली काग्रेस कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री एकराज डाँगीले प्रदेशसभा सदस्यका लागि (क) बाट उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धन विरुद्ध उनीहरुको उम्मेदवारी परेको बताइएको छ ।
आफुहरुलाई पार्टीले अन्याय गरेको भन्दै गठबन्धन बिरुद्ध उम्मेदवारी दर्ता गराएको नेता शाहले बताएका छन् । उनले नेपाली कांग्रेस पार्टी समेत परित्याग गरेको घोषणा गरेका छन् ।
प्रकाशित मिति: २३ आश्विन २०७९, आईतवार १६:३०