
सल्यान, २३ असोज ।
नेकपा एमालेले पनि सल्यानमा प्रतिनिधीसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको छ । एमालेको तर्फबाट राजेन्द्रवीर रायले प्रतिनिधीसभामा उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेशसभा (क) मा एमाले कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्य कुल बहादुर गिरीले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (ख) मा एमाले पोलिटव्युरो सदस्य गुलावजंग शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधीसभाको लागि एक मात्रै क्षेत्र रहेको सल्यानमा ६ जनाको उम्मेदवारी परेको छ । नेकपा मालेको तर्फबाट भिम बहादुर वली, राप्रपाबाट नेत्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पवनराज देवकोटाको पनि प्रतिनिधीसभाका लागि उम्मेदवारी परेको छ ।
यस्तै प्रदेशसभा (क) र (ख) मा गरी १० जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । प्रदेशसभा (क) मा राप्रपाबाट शिव बहादुर वली र (ख) मा राप्रपाबाटै नारायण कुमार शर्माले पनि उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: २३ आश्विन २०७९, आईतवार १७:४६