कभर खबर

  • २१ कार्तिक २०७९, सोमबार १९:४०

एमालेका उम्मेदवारले कपुरकोटका सबै वडामा पुगेर विकासको लागि प्रतिबद्धता जनाए


सल्यान, २१ कार्तिक ।

नेकपा एमालेका उम्मेदवारहरुले कपुरकोट गाउँपालिकाको ६ वटै वडाहरुमा चुनावी भेटघाट गर्दै आफ्ना एजेण्डा प्रस्तुत गर्दै प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्रबिर राय, एमाले पोलिटव्युरो सदस्य तथा सल्यान (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेद्वार गुलावजंग शाह, समानुपातिक उम्मेद्वार राधा सुनारले आइतबार र सोमबार कपुरकोट गाउँपालिकाका सबै वडाहरुमा चुनावी भेटघाट गरेका हुन् ।

सोमबार कपुरकोट ३ को मुलपानी, कपुरकोट १ को गैरिवांग, कपुरकोट २ को अम्राइडांडा, कपुरकोट ४ को किमुचौर, धनवांग र गांडापानीमा उम्मेदवारहरु पुगेका थिए । यस अघि आइतबार कपुरकोट ५ र ६ मा कार्यक्रम सम्पन्न भएको एमाले कपुरकोटका अध्यक्ष द्रोण केसीले जानकारी गराए ।

सो अवसरमा पार्टी कार्यकर्ता तथा मतदाताहरुले उम्मेदवारहरुलाइ जितको लागि शुभकामना दिदै टीका मालाले स्वागत गरेका थिए । भौतिक पूर्वाधार संगै शिक्षा, स्वास्थ्य, खानेपानी र सिंचाई, महिला, युवा तथा वालवालिका, पर्यटन, कृषि, उद्यमशिलता, विद्युत लगाएतका क्षेत्रको विकासमा उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेन, जिल्ला कमिटी सचिवालय सदस्य घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य ओम बहादुर बुढा, अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष घनश्याम पुन,
युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज प्रीन्स वस्नेत, युवा संघ सल्यानका अध्यक्ष रुपक बुढा, एमाले कपुरकोटका अध्यक्ष द्रोण केसी, उपाध्यक्ष ललिता गिरि लगायत विभिन्न जनवर्गीय संगठनका र स्थानिय पार्टी कमिटीका पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार १९:४०