अव कारागार भित्रै लभ गरेर विवाह गर्न पाईने, गर्भवतीले घरमै बसेर कैद भुक्तान गर्न सक्ने

काठमाण्डौँ– सरकारले कारागारका बन्दीको मानवअधिकार रक्षा गर्ने व्यवस्थासहित संसदमा दर्ता गराएको ‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा केही रोचक प्रावधान रहेका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंसिर २९ गते प्रतिनिधि सभामा दर्ता गराएको विधेयकमा कारागार व्यवस्थापनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विधेयक तयार पारिएको उल्लेख छ । विधेयकको दफा २८ मा ‘विवाह दर्ता सम्बन्धी व्यवस्था’ गरिएको छ ।
दफामा लेखिएको छ, ‘एउटै कारागारमा रहेका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्न चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिनुपर्नेछ ।’ यो व्यवस्थाले कारागारभित्रै महिला–पुरुषबीच ‘लभ’ गरेर विवाह गर्न सकिने व्यवस्था गरिएको छ ।

विधेयकमा ‘गर्भवती वा सुत्केरी बन्दी सम्बन्धी व्यवस्था’ समेत गरिएको छ । गर्भ रहेको ६ महिना पूरा भएकी महिलाले सुत्केरी भएको ६० दिन पूरा गरेको भोलिपल्ट कारागारमा फर्किने गरी घरमै बस्न पाउने र सो अवधि कैद भुक्तान गरेसरह मानिने उल्लेख छ ।

विधेयकको पूर्ण पाठ हेर्न यहाँ यहा  क्लिक गर्नुस्

प्रकाशित मिति: २४ पुष २०७६, बिहीबार १४:१६