श्रीनगरमा नयाँ बजार व्यवस्थापन समिति, उपभोक्ताको अधिकार संरक्षणमा नयाँ समितीले कदम चलाउनुपर्ने

सल्यान – सल्यानको श्रीनगरमा हपिस भण्डारी अध्यक्ष रहेको १५ सदस्यीय बजार ब्यवस्थापन समिती गठन गरिएको छ । शारदा नगरपालिका वडा न १ श्रीनगर बजारमा व्यवस्थापन समिती गठन गरिएको हो । समिती गठनको लागि सल्यान उद्योग बाणिज्य संघले पहल गरेको थियो । नवगठीत समितीको वरिष्ठ उपाध्यक्षमा देवराज घिमिरे, उपाध्यक्षमा धन बहादुर पुन, महासचिवमा गोकर्ण बुढाथोकी, कोषाध्यक्षमा रण बहादुर खड्का, सचिबमा युबराज थापा र अन्य ९ जना सदस्यहरु रहेका छन्।

बजार व्यवस्थापन समिति गठन कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले बजारको उचीत व्यवस्थापन संगै जिल्लाको मुख्य ब्यापारिक केन्द्रको रुपमा रहेको श्रीनगरको सौन्दर्यता बढाउन नयाँ समितीले काम गर्नुपर्ने धारणा राखेका थिए । यस्तै उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर चलाउने, नेकपा शारदा नगरकमिटी अध्यक्ष नवीन भडेल ,नेकपाका नेता राम खड्की, उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष सुधन श्रेष्ठ, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, महासचिब भरत बस्नेत लगाएतले उपभोक्ताको हक, हित र अधिकार संरक्षणमा नयाँ समितीले कदम चलाउनुपर्ने बताएका थिए ।

यसैविच नव गठीत श्रीनगर बजार ब्यवस्थापन समितीको बैठक पनि सम्पन्न भएको छ । बैठकले पुरानो समितिमा भएको आर्थिक हिसाब किताब मिलाउने निर्णय गर्दै बजार ब्यबस्थापन समिति चयनको लागी पहल गरेकोमा उद्योग बाणिज्य संघ लाई धन्यबाद ज्ञापन गरेको छ । आगामी दिनमा बजार लाइ सफा बनाई ब्यबस्थीत गर्ने र आगमी सोमबार बैठक बसेर थप निर्णय गर्ने निर्णय भएको अध्यक्ष भण्डारीले बताएका छन् ।

प्रकाशित मिति: २६ पुष २०७६, शनिबार १४:३३