प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्विरमा जुत्ता प्रहार

धनुषा – भुक्तानि नदिएको भन्दै प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार भएको छ । उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले जुत्ता प्रहार गरेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

आफुहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै शुक्रबार जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरिरहेका संघर्ष समितिका पदाधिकारीहरु रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएका हो ।

यसअघि उनीहरुले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुको भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालयमा गत सोमबार तालाबन्दी गरेका थिए । यही विषयलाई लिएर प्रतिपक्षी दल तथा सत्तापक्षकै सांसदहरुले पनि प्रदेशसभा बैठक अवरुद्ध गरिरहेका छन् । गत आर्थिक वर्षमा सम्पन्न ५ सय ९० योजनाको करिव ९२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार १३:४२