
काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।
कांग्रेस शीर्ष तहमा यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको बताइएको छ । नेकपाले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: ६ माघ २०७६, सोमबार १२:१५