
काठमाडौं – संघीय संसद् सचिवालयले माघ १२ गते सभामुखको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । माघ ७ गते बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखका लागि उमेदवारी दर्ता गर्ने समय दिइएको छ ।
दर्ता सकिएको आधा घण्टापछि अर्थात् सोही दिन साढे २ बजे दर्ता भएका उमेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिनेछ । माघ १२ गते दिउँसो ३ बजे उमेदवारीको प्रस्तावलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: ६ माघ २०७६, सोमबार १८:०७