
काठमाडौं, माघ ९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्।
नेकपाले गण्डकी प्रदेशमा अन्यबाट उम्मेदवार बनाएका श्रेष्ठ बिहीबार भएको निर्वाचनमा तीन हजार चार सय ६२ मत ल्याएर विजयी भएका हुन् । उनका विपक्षी नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याएका छन्। उनीहरूबीच एक हजार दुई सय १८ मतान्तर छ।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ सात हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित भएका थिए। गण्डकीबाट नेकपाकै नेतृ भगवती न्यौपाने पनि तीन हजार तीन सय ६६ मतका साथमा विजयी भएकी छन्।
प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार १७:४०