राष्ट्रियसभा सदस्य कर्णालीमा नेकपाका शर्मा र बिसी विजयी

सुर्खेत, माघ ९ । कर्णाली प्रदेश अन्तरगत राष्ट्रियसभा सदस्यका लागि विहिबार सम्पन्न निर्वाचनमा मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचित हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार मायाप्रसाद शर्मा तीन हजार ६ सय १८ मतका साथ विजयी हुनु भएको हो । त्यस्तै महिलातर्फ नेकपा कै सुमित्रा बिसी तीन हजार ६ सय ८४ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

शर्माका प्रतिद्धन्दी नेपाली काँग्रेसका डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एक हजार २६ मत प्राप्त गरे । दुइ मत भने बदर भएको निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार १८:०८