
सल्यान – नेकपा सल्यानका इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीका कार्यकर्ताले पनि सरकार संचालनमा पनि सहयोग गर्नुपर्ने बताएका छन । पूर्व मन्त्री तथा संघिय संसद समेत रहेका उनले कार्यकर्ता संगै जनप्रतिनिधिलाइ पनि बढि भन्दा बढि काम प्रभावकारी काम गरेर जनतालाइ सेवा दिन अनुरोध गरेका हुन । नेकपा सिद्धकुमाख गाउँ कमिटी सपथ ग्रहण कार्यक्रमलाइ सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन ।
त्यस्तै कार्यक्रममा जिल्ला सहइन्चार्ज गुलावजंग शाहले पार्टीलाइ एकढिक्का बनाएर लिनुपर्ने भन्दै नेता कार्यकर्ता त्यसमा लाग्नुपर्ने बताए । नेकपा कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक समेत रहेका शाहले नेकपाको प्रदेशमा सरकारले गरिरहेका कामहरूको जिम्मा सबै तहका कार्यकर्ताले लिनुपर्ने भन्दै राम्रो काम गर्न कार्यकर्तालाइ निर्देशन गरेका छन । उनले सरकारबाट भएका कामहरूमा कार्यकर्ताले खवरदारी सहित हेरचाह गर्ने जिम्मेवारी लिनुपर्ने बताए । उनले विरोध गर्नेहरूलाइ पनि साथमा लिएर राम्रो काम कसरी गर्न सकिन्छ भन्नेमा सबै तहबाट पहल गर्न कार्यकर्तालाइ अनुरोध गरे ।
सिद्धकुमाख गाउँपालिका कमिटि अध्यक्ष जित बहादुर चलाउनेको अध्यक्षतामा ढोरचाैरमा भएको कार्यक्रमको संचालन सचिव राम बहादुर बस्नेतले गरेका थिए ।
कार्यक्रममा नेकपाबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष चित्र बहादुर चलाउन, उपाध्यक्ष पुष्पा बोहरा, जिल्ला सदस्यहरू धर्मे बुढाथोकी, कुल बहादुर गिरि, देवेन्द्र राेका लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार २२:३१