बनगाडमा नेपाली काङ्ग्रेसको नगर कार्यालय उद्घाटन

सल्यान – बनगाड कुपिण्डे नगरपालिका शनिबार एक कार्यक्रमका बिच नेपाल काङ्ग्रेस नगर पार्टी कार्यालय उद्घाटन भएको छ ।

  1. सल्लीबजारमा भानुभक्त पुस्तक पसल रहेको घरमा पार्टीका पुर्व केन्द्रिय सदस्य डिल्ली राज रेग्मीले नगर पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो । उद्दघााटन कार्यक्रममा बाेल्दै रेग्मिले अहिले पार्टी कमजोर भएको अब सबैले आआफ्नो ठाउबाट गल्ती कमजोरी सच्याएर सवै नेताकार्यकर्तालाइ गाउगाउ घरघर जाने र आफ्नो एजेन्डा प्रस्तुत गरि देशलाई नेपाली काङ्ग्रेस मै बनाउन पार्टी कार्याकर्तालाई आग्रह गरेका छन ।

कार्यक्रममा पुर्व केन्द्रिय सदस्य डिल्ली राज रेग्मी, महासमिती सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख केश बहादुर बिष्ट, महासमिति सदस्य एकराज डाङ्गि, जिल्ला सदस्य तथा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी लगाएतका नेताहरुले पार्टी कार्यालय उद्घाटनमा मन्तव्य राखेका थिए । बनगाड कुपिण्डे नगरपालिका १२ वटै वडाका पार्टी कार्याकर्ताहरुको बाक्लो उपस्तिथि रहेको थियोे । भने कार्यक्रम सभापति नगर सभापति टोपबहादुर भण्डारी सभापति भएको कार्यक्रमको सन्चालन नगर सचीव राम बहादुर बस्नेतले गर्नु भएको थियोे ।

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार १८:००