बामदेव अव नेकपाको बैधानिक उपाध्यक्ष

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।

गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो ।

नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन आयोगलाई

यसैविच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरूको सम्पत्ति छानविन हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले सम्पत्ति छानविन गर्न र सम्पत्तिको हदवन्दी तोक्न माग गरेपछि पार्टीले यो मागमा सम्बोधन गरेको हो ।
नेकपाले नेताका सम्पत्ति छानविन गर्ने र सम्पत्तिको हदबन्दी तोक्ने विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेस गरेको राजनीतक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । जारी बैठकमा केन्द्रीय सदस्यबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति: १९ माघ २०७६, आईतवार १६:५३