विप्लव नेकपाका नगर सचिवद्धारा पार्टी परित्यागकाे घाेषणा

सल्यान – विप्लव नेतृत्वको नेकपा सल्यान अन्र्तरगतका एक नगर सचिवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपाको वनगाड कुपिण्डे नगरपालिकाका नगर सचिव वनगाड कुपिण्डे नगरपालिका २ का शंकर बुढाथोकीले विज्ञप्ती निकालेर पार्टी परित्याग गरेको घोषणा गरेका गर्नुभएकोे हो ।

शनिबार विज्ञप्ती जारी गर्दै बुढाथोकीले आफु अव स्वतन्त्र भएर बस्न चाहेको बताउनुभयो । २०७४ फाल्गुनमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनको कार्यदिशामा असहमत हुदै आफु अहिले सम्म निष्कृय बसेको समेत उहाँले बताउनुभयो ।

बुढाथोकीले नेकपामा जिल्ला सदस्य, अनेरास्ववियुको जिल्ला उपाध्यक्ष, युवा जिल्ला सचिव जस्ता भुमिकामा रहेर काम गरिसक्नुभएको थियो ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार १५:०१