रुकुम पुर्वको सदरमुकाम कार्यान्वयन माग गर्दै काठमाण्डौंमा आन्दोलन सुरु

प्रचण्ड खत्री
रुकुम पश्चिम – रुकुम पूर्वको सदरमुकाम गोल्खाडा घोषित भइसक्दापनि त्यहाँबाट प्रशासनिक कामकारवाही सुरु नगरेपछि गोल्खाडा सरोकार समितिले दवावमूलक कार्यक्रमको घोषणा गरेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर रुकुम पूर्वको सदरमुकाम गोल्खाडा कायम भई तत्काल प्रशासनिक कामबारबाही सञ्चालन गर्न दबाब दिने उद्देश्यले काठमाडौंको रत्नपार्कबाट शान्तिवाटिकामा शान्ति ¥यालीसहित विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको हो ।

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारले ५ नम्बर प्रदेश अन्तर्गतको नयाँ जिल्ला रुकुम पुर्वको सदुरमुकाम अर्को व्यवस्था नभएसम्म हाललाई भनि अस्थायी रुपमा रुकुमकोट तोकिएकोमा पछि २०७४ साल माघ ११ गते नेपाल सरकारको मन्त्रिपरिषदबाट पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ को गोल्खाडालाई सदरमुकाम तोकिएको थियो ।

उक्त निर्णयको विरुद्धमा रुकुमकोट बासीले सर्वोच्च अदालतमा रिट हालेका छन । प्रारम्भिक सुनुवाईको क्रममा पछिल्लो निर्णय हाललाई कार्यान्वयन नगर्नु भनि अन्तरिम आदेश जारी भई हाल संवैधानिक ईजलाशमा विचाराधिन अवस्थामा रहेको छ । हाल आगामी २९ गतेलाई पेशी तारेख समेत तोकिएको अवस्था छ । सुनुवाईको क्रममा रहेको उक्त रिट खारेज गरी सरकारको अन्तिम निर्णय कार्यान्वयनको लागि जोडदार माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।’
सरोकार समितिका संयोजक केशरमान रोका मगरले गोल्खाडा सदरमुकाम घोषणा भएको दुई वर्ष पूरा भइसक्दा पनि अदालतको रिटले अल्झाउने कार्य भएको गुनासो गर्नुभयो ।
जिल्लाको मध्य भागमा सरदुमुकाम घोषित भइसकेकाले यसको विकल्प छैन, तत्काल प्रशासनिक कार्य शुरु हुनुपर्छ उहाँले भन्नुभयो अस्थायी रुपमा अन्य स्थानबाट प्रशासनिक कार्य भइरहेकोमा हाम्रो आपत्ती छ ।

घोषित सरदमुकामबाट कामकाज शुरु नगरेपछि दबाबमुलक कार्यक्रममा जान बाध्य भएको उहाँको भनाई छ । उहाँकाअनुसार कार्यक्रममा शान्ति ¥याली, कोण सभा हुनेछन । यसैगरी उहाँले सरकार र सर्वेच्च अदालतको ध्यानाकर्षण गराउन सम्पूर्ण मगर समुदायलाई शान्ति ¥यालीमा भाग लिन पनि आग्रह गर्नु भएको छ ।

यसैगरी कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष तथा आदीवासी जनजाती महासंघका प्रवक्ता नवीन रोकाले रुकुम पूर्वको सदरमुकाम उपयूक्त ठाँउमा राख्न जरुरी रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बरामले थुप्रै मानिसको सहादतले मुलुकले संघीयता प्राप्त गरेको सुनाउँदै रुकुम पूर्वको मध्य क्षेत्रलाई सदरमुकाम बनाउन जरुरी रहेको स्पष्ट पार्नूभयो

त्यसैगरी कार्यक्रममा सरोकार समितिका सदस्य धुब्र पुन गुमानेले रुकुम पूर्वको सदरमुकाम गोल्खाडा हुनुपर्ने भन्दै सम्पूर्ण मगर समुदायलाई मंगलबार काठमाडौ स्थित शान्तिवाटीकामा सहभागी हुन आह्वान समेत गर्नु भएको छ ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार ०९:०९