विव्यस चयन गर्न पश्चिम सल्यानमा चुनाव, नेकपा समर्थित प्यानल विजयी

सल्यान – मतदान मार्फत पश्चिम सल्यानको बनगाड स्थित त्रिभुवन जनता माध्यमिक विध्यालयमा विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ । नयाँ समिति चयनमा सहमति जुट्न नसकेपछि बनगाड कुपिण्डे नगरपालिका वडा न ५ शंखपिपल च्युरामा विध्यालय व्यवस्थापन समितिको चुनाव भएको हो ।

गत माघ १४ गते उद्घाटन भएको अभिभावक भेलामा नेकपा समर्थित र काग्रेस समर्थित पक्षले आ आफ्नो अडान नछाडे पछि माघ २६ गते मनोनयन दर्ता भएको थियो । शुक्रबार भएको मतदानमा जम्मा ६९४ मत मध्ये ६१७ मत खसेको थियो । जस अनुसार नेकपा समर्र्थीत सम्पुर्ण प्यानल नै बिजय भएको बताइएको छ ।

बिजय हुनेमा तिलाराम बुढाथोकी ३४४, तजविर विष्ट ३५३ ,नन्दा राना ३५१, निर्मला कुमारी बस्नेत चलाउने ३४६ रहेका छन् । काग्रेस समर्थित उम्मेदवारहरु डिल बहादुर राना २४८, तेज ब रावत २३५,लालमती बस्नेत २३८, र विष्वी बिष्टले २३६ मत प्राप्त गरेका थिए । १३ मत बदर भएको निर्वाचन अधिकृत चक्र बहादुर रावतले जानकारी दिए ।

प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार २०:३५