नेकपा फुटाउँछु भनेर कसैले नसोचे हुन्छ : जनार्दन शर्मा

रुकुम – नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले कतिपयहरु अहिलेपनि नेकपालाई कमजोर बनाउने खेलमा रहेको बताउनु भएको छ ।

प्रेस संगठन नेपाल कर्णाली प्रदेशको प्रथम भेला तथा सपथ ग्रहण कार्यक्रम लाई सम्बोधन गर्दै शर्माले एकतालाई भाड्नेगरी नबोल्न नेताहरुलाई आग्रह गर्नु भयो । नेकपाको एकताको सूत्रधार मै हो शर्माले भन्नुभयो हिजोको जनयुद्ध र जनआन्दोलनको जगमा बनेको एकतालाई भाँड्न खोज्ने जो कोहीलाई पनि जनताले छोड्ने छैन ।  उहाँले प्रदेश सरकारलाई कमजोर बनाउने खेलवाड भइरहेका बताउनुभयो । संघीय सरकारले आवश्यक कानुन नबनाउने अनि प्रदेशले काम गर्न सकेन भनेर सङ्घीयता नै कमजोर बनाउने खेलमा लागेको बताउनुभयो ।

प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतम र संगठन का उपप्रमुख ओम शर्माले समाज विकासका लागि परिवर्तनकारी भूमिका खेल्नु पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एबम् नेकपका प्रचार विभाग उपप्रमुख सूर्य थापाले हिजोका कुरालाई सम्झेर भोलि को एकतालाई असार पुर्याउन नहुने बताउनु भयो ।

नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले सरकारले दुई वर्षको अवधिमा महत्वपूर्ण काम गरेको र धेरै सूचकाङ्कमा माथि उक्लेको  उहाँले बताउनुभयो ।
मन्त्री ज्वालाले सरकार र प्रेस बीच सहकार्यको भावना अनुरुप काम हुनुपर्ने बताउनुभयो । मिडियासँग सहकार्यका लागि सरकार र मीडिया दुवै पक्षबीच समन्वयको खाँचो रहेको उहाँले  बताउनु भयो । हाम्रा राम्रा काम पनि प्रोत्साहन गर्नुहोस अनि कमजोरी पनि औंल्याइदिनुस उहाँले भन्नु भयो सरकारलाई सफल बनाउनु सबैको दायित्व हो ।

नेकापका कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले सरकारले गरेका राम्रा काम तथा सकारात्मक समाचारहरु बाहिर ल्याउँदा सबैलाई प्रेरणा हुने बताउनु भयो । सरकार र राजनीतिक नेतृत्वलाई गाली गरेर मात्र समृद्धि नआउने भन्दै राम्रा कामको प्रोत्साहन गर्नु सबैको दायित्व भएको बोगटीले बताउनु भयो ।

प्रेस संगठनका संयोजक महेश्वर दाहालले संगठनको हितको लागि लाग्न सबै सदस्यहरू लाई निर्देशन दिनु भयो ।

प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतले नेकपाकै नेताहरुले सरकारले गरेका राम्रा कामहरु बाहिर ल्याउन नसकेको बताउनुभयो । उहाँले संगठन र महासंघ मा विभिन्न पदमा रहेका साथीहरूलाई आफ्नो भूमिका सही ढंगले निभाउन निर्देशन दिनु भयो । संगठन कर्णालीका सहसंयोजक प्रतीक शर्माले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संयोजक वीर बहादुर गिरीले गर्नु भएको थियो ।
रुकुम शाखा अध्यक्ष मेघराज खड्काको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा संगठनका कर्णाली प्रदेश इन्चार्ज ध्रुव बुढाथोकी समेत बोल्नुभएको थियो ।भेलामा पुगेका अतिथिहरुलाई चौरजहारीको ढुङ्गाको सिलौटो, जाजरकाेट को मह र रुकुमको पर्यटकीय सम्पदाको मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७६, आईतवार १४:५८