कभर खबर

  • ६ फाल्गुन २०७६, मंगलवार ०७:५८

नेकपाकाे बनगाड कुपिण्डे नगरमा सपथ ग्रहण सम्पन्न

इन्द्र बुढाथोकी – नेपाल कम्युनिस्ट पार्टी नेकपा बनगाड कुपिण्डे नगर कमिटी सपथ ग्रहण कार्यक्रम सल्यानको सल्लीबजारमा सम्पन्न भएको छ । किर्ती बहादुर रानाको अध्यक्षता तथा केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बस्नेतले समाजवाद उन्मुख जनताको जनता मुल पार्टीको कार्यदिशा रहेको बताउनु भयो । कम्युनिस्ट सरकारले अहिले जति गर्न सक्ने विकास गरेको र त्यसको प्रचार गर्न सबैलाई आग्रह गर्नु भयो। प्रतिनिधि सभा सदस्य समेत रहेका बस्नेतले आफुहरुले जति गर्न चाहेपनि केही कतै बाट अवरोध भएको समेत बताउनुभयो।

सल्यान जिल्ला सह इन्चार्ज तथा प्रदेश सभा सदस्य गुलाब जङ्ग शाहले पार्टीको जग सधै मजबुत भएमा सधै पार्टी अगाडि बढने बताउदै कम्युनिस्ट पार्टीको विधान बमोजिम सबै सदस्यहरुलाइ लाग्न आग्रह गर्नुभयो । ७१ जना नगर कमिटी भए पनि केही नगर कमिटीमा नभै नहुने मान्छे छुटेको र त्यसको आवश्यकता ठानेर नगरले थपन सक्ने उहाँले बताउनुभयो । समाजबाद र साम्यबादमा पुग्ने दुबैको उदेश्य एउटै भए पनि फरकफरक क्षेत्रबाट हिडिरहेका र पछि नेतृत्वले फरक सोचेर अहिले एउटै बाटो हिडिरहेका उहाँले बताउनुभयो । अब मान्छे उत्पादन तिर जोडिएको र अब यसलाई विकसित गर्दै लैजानु पर्ने र त्यसको नेतृत्व गरेर जानू पर्ने शाह ले बताउनु भयो । अब सडक नंया बनाउनु भन्दा स्तर वृद्धि गर्नु पर्ने र अबको ३ वर्षमा सल्यान जिल्लामा विधुत पुग्ने बताउनुभयो । जनताको करबाट आएको र आफुले त्यसमा व्यवस्थापन गरिदिएको अब सल्ली चौरजाहारी सडकमा १ अर्ब बजेट पनि बिनियोज गरेको बताउनु भयो । पार्टीले कार्बाही गरेमा कुनै पनि जनप्रतिनिधि पद जान सक्ने भन्दै उहाँले पार्टीको योजना सल्लाह अनुसार स्थानीय सरकार चल्नु पर्ने बताउनुभयो ।

नेकापाका सल्यान जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले सल्यान जिल्लालाई कसरी कम्युनिस्ट मै बनाउनु भन्ने आफुलाइ चिन्ता भएको र गुडबन्दी गर्न नजान्ने र गुडबन्दिको लागि कसैको नेताको घरदैलो नजाने बताउनुभयो अध्यक्ष पुनले बताएका छन । अब सबैले हिजोका समस्या मनमुटाव हटाएर अब एकता भएर जानू पर्ने उहाँले बताउनुभयो।
जिल्ला सचीव कर्ण बहादुर बुढाथोकीले अब कम्युनिस्ट पार्टी एक भएर लाग्नु पर्ने र जिल्लामा बाहिर हल्ला गरिएको जस्तो गुटबन्दी नभएको बताउदै अब कम्युनिस्टका सदस्यहरुले उत्पादन तिर केन्द्रित हुन पर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य लोक बहादुर डाङ्गी, किर्ती बहादुर पुन, जिल्ला सदस्य दिपक यरि दुर्गा बहादुर बुढाथोकी, टोपबहादुर बिष्ट, राम खडका, वीर बहादुर बुढा, आशा वलि, जनक घर्ती रबिराज शर्मा, कमल बिक, नगर उप प्रमुख मन्जु यरि लगाएतको सहभागिता थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार ०७:५८