
काठमाण्डाै – सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले नैतिकताका आधारमा राजीनामा दिएकाे बताउनु भएकाे छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूले नैतिकतामा आधारमा राजीनामा दिएकाे प्रस्ट्याउनुभएकाे हाे ।
यसअघि सभामुख अग्नि सापकोटाले अनाैपचारिक रुपमा सञ्चारमन्त्री बास्काेटाले राजिनामा दिएकाे बताउनु भएकाे थियाे । उहाँले राजिनामाकाे औपचारिक पत्र त आउन बाँकी रहेकाे र सरकारको ध्यानाकर्षण पनि भइसकेको बताउनु भएकाे थियाे ।
बिहीबार बसेकाे प्रतिनिधिसभा बैठकमा कांग्रेसले सञ्चारमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले यो जानकारी दिनुभएको हो ।
बाँस्काेटाकाे राजीनमासँगै प्रत्येक बिहीबार हुने गरेकाे नियमित पत्रकार भेटघाट पनि स्थगित भएकाे छ । आजै बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएको थियो ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भुसालले बास्कोटाको बर्खास्तीसँगै कारबाही प्रकृयापछि अगाडि बढाउन माग गर्नुभएकाे थियाे । ‘बर्खास्त गरेरमात्रै यो विषयले विश्राम लिँदैन । कांग्रेस बर्खास्तीले मात्रै चुप बस्दैन । यो विषयमा सत्यतथ्य कुराहरु जानकारी गराउन पनि माग गर्न चाहान्छ । प्रधानमन्त्रीले सबैले सुन्नेगरी संसदमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्छ’, उहाँकाे भनाइ थियाे ।
सभामुख सापकोटाले बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएकाले नियमित कारबाही अगाडि बढाउन माग गरे पनि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे मात्रै सुरु भएको थियो ।
प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार १७:०४