
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मस्थल पुगेर ६९ औं जन्मदिन मनाउनुभएको छ ।
आईतबार तेह्रथुमको आठराइ गाउँपालिकास्थित इवामा रहेको आफु जन्मेको जन्मघरमा प्रधानमन्त्रीले बुबा मोहनप्रसाद ओली तथा पत्नी राधिका शाक्यसहित स्थानीयको साथमा जन्मदिन मनाउनु भएको हो । उहाँले आफ्नो जन्मदिनमा स्थानीय आयोजकले तयार पारेको १५ किलोको केक काट्नु भएको थियो । जन्मदिनका अवसरमा प्रधानमन्त्री ओलीले सरकारले विकास समृद्धिको यात्रा तय गरिसकेको भन्दै अब गरीबी, अशिक्षा र बेरोजगारी नेपालीका लागि विगत बन्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले स्थानीय आयोजकले तयार गरेको १५ किलोको केक काटेर जन्मदिन मनाउनु भएको हो । ६९ बर्ष प्रवेश गरेको अवसरमा ६९ जना विद्यार्थीहरुबाट जन्मदिनको शुभेच्छा प्रकट गरिएको पोष्टकार्डमार्फत प्रधानमन्त्रिलाई शुभकामना दिएका थिए ।
प्रधानमन्त्री ओलीको जन्मदिनमा संघिय तथा प्रदेश गरी आधा दर्जन बढी मन्त्रिहरु तथा तेह्रथुम र झापाका स्थानीयबासीको सहभागिता रहेको थियो । जन्मोत्सवको अवसर पार्दै प्रधानमन्त्रीले पाँचथरको कुम्मायक गाउँपालिकामा बनेको तमोर लिफ्टिङ आयोजना, विद्युत आयोजनाको उद्घाटन तथा उहाँको जन्मस्थलमा सीटिइभिटिको प्राविधि विद्यालय सञ्चालनको घोषणा, आफ्नो जन्मस्थल हुदैं मदन भण्डारीको जन्मथलो जोड्ने मोटरबाटोको कालोपत्रे शिलान्यासलगायतका कार्यक्रममा सरिक हुने जनाईएको छ ।
ओली २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसको सल्ले हाल आठराई गाउँपालिका ४ मा जन्मिनु भएको हो ।
जन्मदिनको केक काट्नुअघि उनले आफ्नो पुर्ख्यौंली घरको अवलोकन गरेका थिए। उनी जन्मदिनको विशेष समारोहमा भावुक पनि बनेका थिए ।ओलीले जन्मदिनमा सय बढी जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साटेका छन्।
प्रकाशित मिति: ११ फाल्गुन २०७६, आईतवार २२:१५