
सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णालीका ७९ स्थानीय सरकारले सञ्चालन गरेका काम कार्बाहीहरु चुस्त र दुरुस्त बनाउन तहगत रुपमा अनुगमन समिति गठन गर्ने भएको छ ।
फागुन ६ र ७ गते दुई दिने प्रदेश कमिटीको तेस्रो बैठकले यस्तो निर्णय गरेको नेकपा कर्णाली प्रदेश कमिटीले निर्णय गरेको छ । ‘प्रदेश तथा स्थानीय सरकारले गरेका कामकारबाहीका कार्यान्वयन, विनियोजित बजेट र खर्चको अवस्थाका विषयमा जानकारी लिने र सल्लाह सुझाव दिने उद्देश्यले यस्तो निर्णय गरेका हौं ।’ नेकपाका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले भन्नुुभयाेे,’ पार्टीको आन्तरिक हेर्ने संगठन, जनआन्दोलन तथा शहीद परिवार, वेपत्ता पारिएका, घाइते, अपाङ्गता भएका व्यक्ति परिवारको तथ्याङ्क अध्ययनका लागि पनि समिति बन्ने हाम्रो निर्णय भएको छ ।
आइतवार प्रदेश कमिटीले उक्त फागुन ६ र ७ गतेको भेलामा गरेका निर्णय तथा छलफलका विषयमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा ९ वटा निर्णयका बुँदाहरु सहित सार्वजनिक गरिएको छ । भ्रष्टाचारको न्युनिकरणका लागि नेकपा कर्णाली प्रदेशको भेलाबाट के छलफल भयो ? भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष बोगटीले, भ्रष्टाचार गरे र भएको प्रमाणित भएपछि आफुहरुको संगठनको साधारण सदस्यता समेत रद्ध गर्न पार्टीको निर्देशन भएको जानकारी दिनुुुभयाे। ‘केन्द्र, प्रदेश र स्थानीय जुन ठाउँमा यस्ता भ्रष्टाचारको प्रमाणित भएपछि हामी बाँकी राख्दैनौं ।’ उहाँँलेे भन्नुुभयाे, पलाँता गाउँपालिका होस या जुनिचाँदे गाउँपालिका हामीले प्रष्टरुपमा संगठनको पदबाट निलम्बित गरेका छौं ।
पार्टीको भातृ तथा अन्य संगठनमा महिलाहरुको संख्या न्युन मात्रमा आएको स्विकार गदै अध्यक्ष बोगटीले अबको अधिवेसनबाट ३३ प्रतिशत महिलाहरुको सिटलाई कर्णालीमा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे।
यस्तै कर्णालीमा सरकार परिवर्त बारे पत्रकारहरुले सोधेको प्रश्नमा उहाँले हल्ला मात्र भएको बताउनुभयाे । ‘सरकार हेरफेर भन्ने हल्ला मात्र हो , खासमा सरकारका काम कार्बाहीहरुलाई तिब्रता दिनुपर्ने सुझाव माथिल्लो निकाय बाट आएको हो ।’ उहाँँलेे भन्नुुभयाे,’ पार्टीले सरकारमा पठाएका व्यक्तिहरुलाई काम गराउने सिकाउने र सुझाव दिने काम पार्टीको नै हो ।
फागुन ६ र ७ गते गरिएको कर्णाली प्रदेश स्तरीय कार्यक्रममा नेकपाका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पुर्व प्रधानमन्त्री एवंम नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल महांसचिव बिष्णु पौडेल, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र वनमन्त्री शक्ति बस्नेत लगायत कर्णालीका १० जिल्लाका एक हजार ८ सय अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको नेकपाले जनाएको छ ।
नेकपा कर्णाली प्रदेशले सार्वजनिक गरेको प्रेश वक्तव्य
प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार ०६:००