
सल्यान – नेकपा दार्मा गाउकमिटिकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। गाउकमिटि अध्यक्ष असविर बुढाथोकीकाे अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज प्रतिनिधिसभा सदस्य टेकबहादुर वस्नेत, नेकपा केन्द्रीय सदस्य, जिल्ला सह-ईन्चार्ज तथा प्रदेश सांसद गुलावजंग शाह, अध्यक्ष गाेविन्द कुमार पुन, सचिव कर्ण बहादुर बुढाथाेकी “छहारी”, प्रदेश सदस्यहरु लाेक बहादुर डाँगी, कृति बहादुर पुन “प्रकाण्ड”, निम प्रकाश के.सी. “अरुण”, जिल्ला सदस्यहरू राम बहादुर केसी, शेर बहादुर केसी, अनन्त प्रशाद शर्मा, पुतला राेका, कमल चन्द , गनेशमान सिंह, चन्द्र ब रावत लगायतकाकाे सहभागिता रहेकाे थियाे ।
पार्टी जिल्ला अध्यक्ष गाेविन्द कुमार पुनले दार्मा गाउँकमिटीका अध्यक्ष असवीर बुढाथाेकी रैती र सचिव दल बहादुर के.सी. लगायत ६५ जना सदस्यहरुलाई सपथ खुवाउनु भएको थियाे।
जिल्ला सदस्य कमल चन्दकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज प्रतिनिधिसभा सदस्य टेकबहादुर वस्नेत, नेकपा केन्द्रीय सदस्य, जिल्ला सह-ईन्चार्ज तथा प्रदेश सांसद गुलावजंग शाह, अध्यक्ष गाेविन्द कुमार पुन, सचिव कर्ण बहादुर बुढाथाेकी “छहारी”, प्रदेश सदस्यहरु लाेक बहादुर डाँगी, कृति बहादुर पुन “प्रकाण्ड”, निम प्रकाश के.सी. “अरुण लगायतले बाेल्नुभएकाे थियाे ।
कार्यक्रममा नेपाली काँग्रेस र विप्लब नेकपा परित्याग गरी करिव १० जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकाे नेकपाले जनाएकाे छ ।
प्रवेश गर्नेहरूमा नेकपा विप्लव समुहका जिल्ला सदस्य चित्र बहादुर खड्का- दार्मा-५, नेपाली काँग्रेसका हिरालाल नेपाली- दार्मा-१, अर्जुन कटुवाल- दार्मा-२ (२०७४ सालमा प्रदेश सभा तमानुपातिक सदस्य सिफारिस तथा तरुण दल केन्द्रीय महाधिवेसन सदस्य), तिलक वली- दार्मा-२, ने.काँ. दार्मा उपसंयाेजक, तुलसीराम वली-१, ने.काँ. सदस्य, गणेश देवकाेटा लगायत रहेकाे नेकपाले जनाएकाे छ ।
कार्यक्रममा बाेल्ने वक्ताहरूले तल्लाे तह सम्म भावनात्मक एकताका साथ एकता गर्नु पर्ने, हिजाेका तिता मिठा कुरालाई विर्सेर नयाँ ढंगबाट पाटिलाई लालकिल्लाकाे रुपमा स्थापित गर्नु पर्ने र एकतामा छुटेका नेता कार्यकर्तालाइ व्यस्थापन गर्नुपर्ने कुरामा जाेड दिएकाे नेकपाका केन्द्रीय सदस्य गुलावजंग शाहका स्वकिय सचिव राम बहादुर केसीले जानकारी दिनभयाे ।
प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार ०७:०६