कभर खबर

  • १६ फाल्गुन २०७६, शुक्रबार १७:२३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपुरकोटका वडा कमिटिहरुले पुर्णता पाए ।

सल्यान– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपुरकोट गाउंपालिका सल्यानले सबै वडा कमिटिलाइ पुर्णता दिएको छ । अहिले पालिकाभर नवगठित पार्टी पदाधिकारीहरुको सपथ ग्रहण र प्रशिक्षण कार्यक्रम चलिरहेको नेकपा कपुरकोटले जनाएको छ । शुक्रबार एक र दुई नम्बर वाडा कमिटिको संयुक्त सपथ ग्रहण सम्पन्न भएको नेकपा कपुरकोटका अध्यक्ष घनश्याम शर्माले जानकारी दिए ।

वडा नम्बर एकमा बालाराम खड्का अध्यक्ष र तेज बहादुर राना सचिव तथा वडा नम्बर २ मा शेर बहादुर पुन अध्यक्ष र नवराज बुढा सचिव रहेको २५ / २५ सदस्यिय कमिटि निर्माण भएको उनले बताए ।

कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य भद्र सिंह बुढाले कम्युनिस्ट पार्टी बलियो भए मात्र छिट्टै समृद्धि पाउन सकिने बताए । यस्तै नेकपा प्रदेश कमिटी सदस्य तथा कपुरकोट गाउंपालिका अध्यक्ष भिम बहादुर सेनले पार्टीलाई वडा देखि केन्द्रसम्म मजबुत बनाएर लैजानुपर्ने धारणा व्यक्त गरे । आगामी निर्वाचनमा पनि राम्रो परिणाम हासिल गर्नका लागि पार्टीका सवै संगठनहरुलाई मजबुत बनाउनुपर्ने उनको भनाई छ ।

जिल्ला कमिटी सदस्यहरु ओम बहादुर बुढा, टोपेन्द्र केसी, पालिका कमिटी सदस्य तथा कपुरकोट गाउंपालिका उपाध्यक्ष तिला बुढा, पालिका कमिटी सदस्य मान बहादुर राना, बालाराम खड्का लगाएतले मन्तव्य प्रस्तुत गरेको नेकपाले जनाएको छ ।

हाल सम्म वडा नं ६,१ र २ मा सपथ ग्रहण सकिएको जनाउदै नेकपा कपुरकोटका सचिव तिर्थ राज वस्नेतले बांकी वडामा एक हप्ता भित्र सपथ ग्रहण सकिने बताए ।

प्रकाशित मिति: १६ फाल्गुन २०७६, शुक्रबार १७:२३