कभर खबर

  • १७ फाल्गुन २०७६, शनिबार १६:१६

नेकपा कपुरकोट ३ र ४ मा सपथ ग्रहण सम्पन्न

सल्यान – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपुरकोट गाउपालिका वडा नम्बर ३ र ४ को सपथ ग्रहण सम्पन्न भएको छ । शनिबार दुबै वडा कमिटिका पदाधिकारी र सदस्यहरुले सपथ लिएको कपुरकोट पालिका कमिटी अध्यक्ष घनश्याम शर्माले जानकारी दिए । वडा नम्बर ३ मा भुवनेश्वर गौतम अध्यक्ष र पवन नेपाली सचिव रहेको २५ सदस्यिय कमिटि र वडा नम्बर ४ मा मित्र कठायत अध्यक्ष र खड्क सिंह ठकुरी सचिव रहेको २५ सदस्यिय कमिटी निर्माण भएको शर्माले जनाए ।

सपथ ग्रहण कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य भद्र सिंह बुढा र भिम बहादुर सेनले बोल्दै पुर्व एमाले र माओबादिको मानसिकता त्यागेर एक जुट भै अघि बढ्नुपर्ने बताएका थिए ।

पवन कार्किले संचालन गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा कपुरकोट गाउंपालिका कमिटी सचिव तिर्थ राज वस्नेत, पालिका कमिटी सदस्यहरु तिला बुढा, जित प्रसाद आचार्य , मंगल बिक लगाएतले बोल्दै नव गठित वडा कमिटिका पदाधिकारी र सदस्यहरुलाइ बधाइ दिएका थिए । भुवनेश्वर गौतमको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा पालिका कमिटी सदस्य ठक बहादुर बिकले स्वागत मन्तव्य राखेको पालिका कमिटी सचिव तिर्थराज वस्नेतले जानकारी दिएका छ्न ।

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार १६:१६