नेकपा सिम्ता ७ को सपथग्रहण सम्पन्न, १३ जनाले छोडे कांग्रेस

सल्यान, २७ फागुन
सुर्खेतको पुर्वी क्षेत्रमा रहेको सिम्ता गाउँ पालिकामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा ) सपथग्रहण कार्यक्रमलाई तिव्रता दिएको छ । बुधबार वडा कमिटीको टुंगो लागेपछि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सिम्ता गाउँपालिका ७ मा दुर्ग बहादुर कामीको अध्यक्षतामा गठित २९ जनाको वडा कमिटीले सपथ लिएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य सीता नेपाली, पुर्व सभासद ललिता रेग्मी, क्षेत्रीय सचिव गणेश विक, प्रदेश कमिटी सदस्य पुर्ण बहादुर शाही, सिम्ता गाउँ कमिटी अध्यक्ष कविन्द्र कुमार केसी, सचिव झुप बहादुर बुढा,जिल्ला कमिटी सदस्यहरू अमर सिह, कोकिला सिह, सरस्वती सिह ,नेत्रलाल महतारा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैवीच सपथ ग्रहण कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि काप्रीचौर गाउँ कार्यसमिति उप सभापति राम बहादुर बुढा सहित १३ जनाले नेकपामा पार्टीमा प्रवेश गरेका छन पार्टी प्रवेश गर्नेमा तरूण दलका क्षेत्रीय सह सचिव राम बहादुर घर्ति किसान संघका क्षेत्रिय सदस्य बिरेन्द्र कुमार घर्ति, दलित संघको नेता राम बहादुर परियार रहनु भएको छ । यस्तै जीवन पुन, रेशम परियार, हरिकला अधिकारी, नारायण नेपाली, ददे टमटा, पठे सार्की, दत्ते सार्की, विष्णु बादी र रूपक विक ले नेपाली काँग्रेस प्रत्याग गरि नेकपामा प्रवेश गर्नुभएको छ । नव प्रवेशीलाई जिल्ला सचीव कृष्ण जिसिले फुलमाल टीका लगाएर स्वागत गर्नु भएको सिम्ता गाउपालिका पार्टी सचिव झुप बहादुर बुढाले जानकारी दिनुभएको छ
नेकपाको एकताको पहिलो कार्यक्रममै पार्टी प्रवेशको लर्काे लागेको अब देशको विकासको लागि जनतालाई नेकपाले मात्र सहयोग गर्ने र विकासका लागि नेकपा बाहेक अन्य पार्टी कुनै पनि शक्तिले गर्न नसक्ने कार्यक्रम प्रमुख अतिथि जिल्ला पार्टी सचिव कृष्ण जिसिले दावी गर्नुभयो ।

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार २०:४४