
इन्द्र बुढाथोकी
सल्यान, ५ बैशाख । तपाईंहरु अहिले अधिकांश समय घरमै बसेर लकडाउनको पालन गर्नु भएको होला । कतै जनप्रतिनीधि बाहिर गएर कोरोना आउँछ भन्दै कोठामा नै बस्नु भएको होला तर सुर्खेत पुर्वी सिम्तागाउपालिका प्रमुख अथवा अध्यक्ष कबिन्द्र कुमार केसी अहिले दैनिकजसो समय गाउँगाउँमा गएर विताउने गरेको सहजै देखिन्छ ।
उहाँ अहिले आफ्नो गाउँपालिका भित्र कतिजना बिदेशबाट आए कतिजना विरामी छन ? कसलाई कस्तो खालको विरामी छ । त्यसबारे बुझ्दै गाउँ गाउमा जाने गर्नुभएको छ । त्यसको उदेश्य भनेको आफ्ना जनता विदेश बाट आएका कस्ता छन भनेर बुझ्नलाइ हो । केही दिन अगाडी भारत तथा तेश्रो मुलुकबाट आएका १ सय ४७ जनार्को यापिड टेस्ट गराएका बाँकी केर्ही यापिट टेस्ट गराउन छुटेकालाइ भेट्न र तिनीहरुलाई कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक सन्देश दिदै अध्यक्ष केसी गाउँगाउँमा जाने गर्नुहुन्छ ।
अध्यक्ष केसी शुक्रबार मात्र सिम्ता गाउपालिकाको वडा न १ घोरेटा, २ न काफलकोट, ३ न आग्रीगाउ र ४ न बजेडिचौर, गएर्र यापिड टेस्ट गराउन छुटेकालाइ होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै बाकी छुटेकोलाइ पुन चेक गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
यस्तै बिदेशबाट फर्किएका नागरिकको स्वास्थ्य अबस्थाको वारेमा जानकारी लिने काम समेत भएको छ । गाउँपालिकाले सिम्ता गाउँपालिका भित्र नयाँ व्यक्तिलाई जान समेत निषेध गरिएको छ । भने गाउपालिकामा कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि महिला स्वयंसेबिका र गाउपालिकाले गठन गरेका ७५ वटै युनिटलाई समेत प्रभावकारी रुपमा काम गर्न निर्देशन दिईएको छ । आफू पनि बचाँै अरुलाइ पनि बाँचौँ भन्दै गाउपालिका अध्यक्ष केसी अहिले दीर्घ रोगीहरुका लागिे लागि औषधी र स्वास्थ्यकर्मी लिएर गाउमा जाने गर्नुभएको छ ।
सिम्ताका मात्र २ देखि ३ हजार मानिस भारत तथा तेश्रोे मुलुक गएका र यदि उनीहरुलाई राज्यले घर फर्काएमा त्यसको लागि प्रत्येक वडा टोलटोलमा क्वारेन्टाइन बनाएर बस्न समेत व्यवस्था गर्नु पर्ने बताउनु भएको छ ।
गाउँपालिकामा एउटा व्यक्तिलाई मात्र कोरोना भाइरसबाट संक्रमित भएमा गाउँपालिका भित्रका ३० हजार मानिसलाई संक्रमण फैलिने भएकोले कसैले पनि व्यक्तिको माया नमानी गाउँपालिकामा खबर गरेर क्वारेन्टाइनमा बस्न सबैले सुझाव दिनु पर्ने बताउनु भएको छ । विश्वको उत्कृष्ट देशहरुमा अहिले कोरोना लागेका आफ्ना मानिसलाई बचाउन गाह्रो भएको र तेस्रो विश्व युद्ध जस्तै भैसकेकोले हामी नेपाली त्यसमा सचेत हुनु पर्ने अध्यक्ष केसीले बताउनु भएको छ । साथै बिहीवार मात्रै अध्यक्ष केसी, स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सुरक्षाकर्मी सहितको टोली लिएर गाउँपालिकाको काप्रेचौर वडा कार्यालय, स्वास्थ्य चौकी, डाँडाखाली लगाएतका बिभिन्न ठाँउमा पुगेर कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक निर्देशन समेत दिनुभएको थियो ।
उहाँको यस कदमले आफनो गाउँपालिका भित्र कोरोना संक्रमण रोकथामका लागि प्रभाबकारी संयन्त्र बनाएर परिचालन गरेकोमा र सधै जनताको घरदैलोमा पुग्ने गरेकोले उहाँको लोकप्रियता बढेको स्थानीयहरुको भनाई छ ।
प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार २२:३३