कर्णाली प्रदेश सरकारले असार १ मै बजेट ल्याउँछः ज्वाला

सल्यान – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारले असार १ मै बजेट ल्याउने बताउनुभएको छ ।

सल्यानमा विहिबार आयोजित पत्रकार सम्मेलनमा ज्वालाले समयमै बजेट ल्याउनका लागी अहिले विभिन्न पक्षहरूसँग छलफल र सुझाव संकलनको काम चलिरहेको बताउनुभयो । हामीले अहिले स्थानिय तह, जिल्ला समन्वय समिति, प्रदेश र संघिय सांसद, निजिक्षेत्र, नागरिक समाज लगायतसँग वैठक, भिडियो कन्फ्रेन्स, फोन आदिबाट सुझाव लिइरहेका छौँ ज्वालाले भन्नुभयो बजेटको सिलिङ समेत तोकिसकेका छौँ ।

उहाँले झण्डै ३३ अर्वको हाराहारीमा बजेट आउने जानकारी दिदै गएको वर्षको तुलनामा झण्डै १ अर्वको हाराहारीमा बजेट घट्न सक्ने बताउनुभयो ।

यसपालिको बजेट परम्परागत नभएर समयानुकुल हुने ज्वालाले बताउनुभयो । अहिले परिस्थीति, समय र समस्यालाई सम्वोधन हुनेगरी बजेट ल्याउछौँ उहाँले भन्नुभयो अहिलेको बजेटले स्वास्थ्य क्षेत्रका साथै शिक्षा, रोजगारी र उत्पादनमुलक कार्यक्रम र पुर्वाधारलाई जोड दिन्छ ।

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहीबार १९:४९