Purushottam Giri

  • १७ जेष्ठ २०७७, शनिबार १३:३८

एमसिसी संसदबाट अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने नेकपाको निर्णय

काठमाडौं, जेठ १७ – संसदमा एमसिसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउँदै प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने बताए।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार १३:३८