
प्रचण्ड खत्री / रुकुम पश्चिम्
रुकुम पश्चिमको मुसिकाेट नगरपालिका वडा नम्बर १३ का निर्बाचित वडा अध्यक्ष दिपक केसीले मंगलबार साँझ वडा नम्बर १४ मा रहेको अस्थाई प्रहरी चाैकिमा आक्रमण गरेका छन ।
वडा नम्बर १४ काे छिवाङ गाउँमा रहेको प्रहरी चाैकिमा २५ जनाकाे युवा समूह लिएर साँझ एकासी आक्रमण गरेका हुन ।आक्रमण सबै युबाहरु फरार जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जानकारी दिएको छ ।
असईकाे नेतृत्वमा सात ,अाठ जना प्रहरि रहेको उक्त चाैकिकाे पाेस्ट भत्काउनुका साथै दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेको बताइएको छ ।कुटपिट भएका प्रहरी जवान घाइते भएका छ्न ।
प्रहरीहरुले खाना खाईरहेकाे समयमा प्रहरी माथि एकासि आक्रमण भएको स्थानीयबासहरुले बताएका छन । प्रहरी चाैकिमा प्रवेश गरि प्रहरीको हतियार समेत खाेसेकाे तर पछि प्रहरी फेरि बल प्रयाेग गरि हतियार फिर्ता लिएको प्रत्यक्षदर्शी स्थानीयबासिले बताएका छन ।
नेकपा बाट निर्वाचित वडा अध्यक्ष दिपक केसीले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरि प्रहरीकाे जिम्मा लगाएका थिए ।तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छाडेको रिसले प्रहरी चाैकिमाथी आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी उपरीक्षक ठग बहादुर के सिले बताउनुभयाे ।
घटना स्थलमा अहिले अस्थायी प्रहरी चौकी सोलाबाङ र प्रहरी चौकी सिम्लिबाट थप प्रहरी पुगेको बताएको छ । वडा अध्यक्ष दिपक के सिलाई फोन गर्दा मोबाइल अफ रहेको छ । उहाँले आफ्नो वडामा निकै राम्रो बिकाश निर्माणका कामहरू गरेकाे देखिएकाे छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार १२:५१