रूकुममा सरकारी र निजि विद्यालयलाई क्वारेन्टाइनको बढि रुपमा प्रयोग

 प्रचण्ड खत्री / रुकुम पश्चिम्

रुकुम पश्चिमका धेरै जसो स्थानीय तहले सरकारी भबनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएका छ्न । राजधानी काठमाडौ देखि लियर छिमेकी रास्ट्र भारत र तेस्रो मुलुकबाट आएका मानिसलाई राख्नको निम्ति अहिलेसम्म सरकारी भबन प्रयोग गर्दै आएको बाफिकोट गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महेश गुरुङले बताए । रुकुम पश्चिमका धेरै जसो स्थानिय तहहरुले सरकारी विद्यालय र निजि विद्यालयलाई क्वारेन्टाइन बनाई राखेका छ्न ।

मुसिकोट नगरपालिकामा १४ वटा आठबिसकोट नगरपालिकामा १४ वटा , चौरजहारी नगरपालिकामा १४ वटा , बाफिकोट गाउँपालिकामा १२ वटा , त्रिभेणी गाउँपालिकामा १० वटा , सानिभेरी गाउँपालिकामा ११ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । जिल्ला बाहिरबाट छिमेकी रास्ट्र भारत तेस्रो मुलुकबाट आएका ब्यत्ती भने अहिले क्वारेन्टाइनमा बसेको त्रिभेणी गाउँपालिकाको स्थानिय कमला शेर्पालिले बताईन । आठबिसकोट नगरपालिका , मुसिकोट नगरपालिका , चौरजहारी नगरपालिकाले कोरोना संक्रमितलाई राख्नको निम्ति आईसुलेसन भबन निर्माण गरेका छ्न । सबभन्दा पहिला आठबिसकोट नगरपालिकाले निर्माण गरेको थियो भने त्यसको सिको गर्दै क्रमश चौरजहारी र मुसिकोटले निर्माण गरेका थिए ।

धेरै जसो क्वारेन्टाइन बस्ने छिमेकी रास्ट्र भारतबाट आएका छ्न । उनिहरु क्वारेन्टाइनमा बस्नुको साथै विद्यालयको घेरबार मर्मत , विद्यालयको खेलमैदान बनाउने काममा ब्यस्थ रहेको बाफिकोट गाउँपालिका वडा नम्बर २ मा रहेको जनकल्याण मा बिको क्वारेन्टाइनमा बस्दै आएका तिलक खत्रीले बताए । उनिहरु ४ दिन अगाडि भारतको केरालाबाट घर आएका थिए । रुकुम पश्चिममा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन । सबै स्थानिय तहको स्वाब संकलन गरि पठाएको र उनीहरुको पहिलो चरणमा नेगेटिभ आएको जिल्ला स्वास्थ कार्यलय रुकुम पश्चिमका डाक्टर ईश्वर रावलले बताए । दोस्रो चरणमा झन्डै ८०० जनाको स्वाब संकलन गरि पठाएको र अहिलेसम्म रिपोर्ट नआएको डाक्टर रावलले बताए ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार १५:३६