
काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानको अन्तिम प्रयास गर्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन नेता बालुवाटार पुगेका छन्।
आइतबार बिहान राष्ट्रपतिलाई भेट्न पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतलनिवासबाट सिधै बालुवाटार पुगेका हुन्। अध्यक्ष प्रचण्डसहितका तीन नेताहरु अहिले प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगिसकेको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिए।
सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल र खनाल पक्षबीच तीव्र मतभेद देखिएको छ
प्रकाशित मिति: २१ असार २०७७, आईतवार १२:३०