
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब उठिरहेका बेला शनिवार बसेको सचिवालय वैठकमा ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।
प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि सहमति थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही नेताहरुले भने दुई अध्यक्षले औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका थिए । नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।
प्रकाशित मिति: ३ श्रावण २०७७, शनिबार २२:१०