कभर खबर

  • २९ श्रावण २०७७, बिहीबार १८:११

सल्यान सिनवाङमा राप्रपा गएका ९ जना फर्किए नेकपामा, १५ सदस्यीय वडा कमिटी गठन

सल्यान- सल्यानको सिनवाङमा केहि दिन अघि नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बाट राप्रपामा प्रवेश गरेका भनिएका ब्यक्तिहरु पुनः नेकपामै फर्किएको उक्त पार्टिले जनाएको छ । नेकपा कपुरकोट गाउँपालिका ६ नम्बर वडा कमिटीले वाहिर प्रचार भए अनुसार ठूलो संख्यामा आफ्ना कार्यकर्ताहरु राप्रपामा प्रवेश नगरेको पनि जनाएको छ । विहिबार आयोजित कार्यक्रममा सिनवाङ स्थित डिवाङ टोलबाट डोटे सार्की सहित ९ जना नेकपामै फर्किएका हुन् । नेकपा कपुरकोट गाउँपालिका ६ नम्बर वडा कमिटीका सचिव नन्दलाल महताराका अनुसार धने सुमेकर, राम बहादुर सुमेकर, भोला सुमेकर, उदीराम सुमेकर, हुकुमी सुमेकर, सुकलाल सुमेकर, अर्जुन विक र भीमसरी विक नेकपमा फर्किएका छन् ।

नेकपामा फर्किएका डोडे सार्कीले राप्रपाले आफुहरुलाई जवरजस्ती रुपमा आफ्नो पार्टिमा प्रवेश गरेको भनेर प्रचार गरेको बताए । कार्यक्रम छ भनेर आफुहरुलाई बोलाइएको र जवरजस्ती रुपमा राप्रपामा प्रवेश गरेको भनी प्रचार गरिएको उनले बताए ।


सो अवसरमा नेकपा ६ नम्बर वडा कमीटीका अध्यक्ष चन्द्रभान विकले गलत प्रचार नगर्न सम्बन्धीत पक्षलाई आग्रह गरे । साथै नेकपाकै नेतृत्वमा आफ्नो वडा विकासको गती तर्फ अग्रसर भइरहेको बताउदै विचलीत नहुन र गलत प्रलोभनमा नपर्न डिवाङवासीलाई अनुरोध गरे । कार्यक्रममा नेकपा कपुरकोटका सदस्य तथा कपुरकोट ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकीले आफ्नो पार्टीको नेतृत्वमा खानेपानी, सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा प्रगति भएको बताएका थिए ।

यसैवीच विहिबार नै कपुरकोट ६ को डिवाङ टोलमा डोटे सार्की अध्यक्ष र विर बहादुर सार्की सचिव रहेको १५ सदस्यीय टोल कमिटि तथा हरिला विक संयोजक रहेको ५ सदस्यीय सल्लाहकार कमिटी गठन भएको वडा कमिटी सचिव महताराले जानकारि गराएका छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहीबार १८:११