नेकपा छत्रेश्वरीको वैठक लान्तीमा सम्पन्न

सल्यान
नेकपा छत्रेश्वरी सल्यानको वैठक मंगलबार सल्यानको लान्तीमा सम्पन्न भएको छ । वैठकलाई सम्वोधन गर्दै नेकपाका नेताहरुले कार्यकर्ताहरुमाझ समग्र पार्टी एकताको सन्देश दिन जरुरी रहेको बताएका छन् । वैठकलाई सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्जटेक बहादुर बस्नेतले गुट उपगुट भन्दा समग्र पार्टीको विकासमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले प्राविधिक कारणले तल्लो तहसम्मको एकतामा ढिलाइ हुँदा काँग्रेस सल्वलाएको दावी गर्नुभयो ।
वैठकलाई सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह ईञ्चार्ज गुलावजंग शाहले जनचाहना र भावना अनुसार काम गर्न स्थानिय नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । दिर्घकालिन विकास गरेर जनताको मन जित्न नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।
राम्रो काम गरेमा जनताले आफै साथ दिन आउने बताउनुभयो । नेकपाको सरकारले गरेका जनपृय कामहरु देखेर काँग्रेस र केहि प्रतिक्रियावादीहरु अत्तालिएको उहाँले बताउनुभयो । नेकपाले गरेका कतिपय कामहरुले काँग्रेसले आफुले गरेको भनेर भ्रम फैलाएकोले जनता माझ गएर भ्रम चिर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नेकपा छत्रेश्वरीका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कर्णाली प्रदेश सदस्यहरु हरि केसी, नेव बहादुर कवर, जिल्ला कमिटी सदस्यहरु ज्ञान बहादुर खडका, राधा शर्मा, शारदा परियार, हिमाल यात्री, गनेश भारती, कर्णाली प्रदेश परिषद सदस्यहरु गोविन्द केसी, बुद्धा केसी, टोप ब चन्द लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा छत्रेश्वरी वडा नं. १ का अध्यक्ष टिकाराम खत्री, २ का प्रेम बहादुर नेपाली, ३ का नेत्र बहादुर पुन, ४ का नेव ब खडका, ५ नं. वडा अध्यक्ष डुम ब खत्री, ६ का अध्यक्ष राम महतरा, ७ नं. वडा अध्यक्ष ईश्वरी बशादुर राना , छत्रेश्वरी ५ नं. वडा अध्यक्ष लिलाधर घर्ती, कर्णाली प्रदेश परिषद सदस्यहरु बुद्धा केसी, गोविन्द केसी, टोप ब चन्द, जिल्ला सदस्यहरु गणेश भारती ,शारदा परियार ,हिमाल यात्री,ज्ञान ब खडकाले छत्रेश्वरी भित्र भएका पाटि कामकार्वाहीका विषयमा रिपोर्टिङ गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव प्रेम बहादुर खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार ०४:०५