
सल्यान जिल्लाबाट प्रदेश सभा सदस्य तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाव जंग शाहले विद्यालय ज्ञानको भण्डार भएकोले विद्यालय क्षेत्रमा कसैले पनि राजनिती गर्न नहुने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगको बालकल्याण मावि कोटबारा वागचौरमा बनेका दुई विद्यालय भवनको उद्घाटन गर्दै प्रमुख सचेतक शाहले यस्तो कुरा बताउनुभएको हो ।
स्थानीय आवश्यकता तथा स्वरोजगारमुलक पाठ्यक्रम निर्माण गरी समग्र शिक्षा क्षेत्रलाई विकास गर्न आफुले सक्दो पहल गर्ने बताउनुभयो । सल्यान जिल्लाको शिक्षालाई सैदान्तिक मात्रै नभएर प्राविधिक शैक्षिक हबकोरुपमा विकास गर्न जरुरी भएको उहाँले बताउनु भयो । उहाँले शिक्षा क्षेत्रको विकास गर्न चार पिलरको आवश्यक रहेको बताउनु भयो । शिक्षक, विद्यार्थी, अभिभावक र राजनीति गर्ने राजनैतिक नेतृत्वले ख्याल गरेमा मात्र शिक्षा क्षेत्रमा सोचे जस्तो उपलव्धी हाँसिले हुने शाहले बताउनुभयो ।
शिक्षा क्षेत्रमा विकास गर्नको लागि अहिले छुट्याइएको वजेट अपुरो भएकोले विद्यालय क्षेत्र विकास कार्यक्रमले अपेक्षा गरे अनुसार शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउनुपर्ने उहाँले बताउनुभयो । देश र समाजको विकासको मेरुदण्डको रुपमा शिक्षालाई अग्रपंक्तिमा राखेमा मात्र देशको विकास हुन सक्ने शाहले बताउनु भयो ।
८० लाखको लागतमा २ वटा विद्यालय भवनको उद्घाटन
सो अवसरमा विद्यालयमा ८० लाखको लागतमा बनेका दुई वटा भवनको उद्घाटन गरिएको थियो । सांसद शाहको पहलमा आ.व. २०७५÷०७६ मा ३० लाखमा निर्मित ३ कोठे भवन तथा आ.व. २०७६÷०७७ मा ५० लाखमा निर्मित ६ कोठे भवनको उद्घाटन गरिएको हो ।
सो अवसरमा विशिष्ट अतिथि बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुन, नेकपा प्रदेश कमिटी सदस्य लोक ब डागि, बानपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम ब हमाल, वडा न ७ का वडा अध्यक्ष शेर ब घर्ती, नेकपा बागचौर नगरकमिटी अध्यक्ष घनश्याम शर्मा, नेकपा जिल्ला सदस्य दिपेन्द्र प्रकाश डिसि, पत्रकार महासघका केन्द्रीय सदस्य टेकराज शाहि, दार्मा गापा वडा न २ का वडा अध्यक्ष डिल्ली केसी, वानपा वडा न ७ का वडा सदस्य ओमकार वलि, दार्मा वडा न ४ का वडा सदस्य सार्कु खत्री, नेपाली काँग्रेस जिल्ला सदस्य दामोदर दाहाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई प्रमुख अतिथि शाहबाट मास् र सेनिटाइजर बाँडेर कार्यक्रम गरिएको थियो । विव्यस अध्यक्ष शोभाराम भण्डारीको अध्क्षता तथा डिल्ली वलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक उमेश बुढाथोकीले गर्नु भएको थियो ।
प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार २०:५७