तरुण दलका बनगाड कुपिण्डेका नगर सचीव पुनमाथी खुकुरी प्रहार

इन्द्र बुढाथोकी
८ भदौ, सल्यान :
नेपाल तरुण दल बनगाड कुपिण्डे नगरपालिका नगर कार्य समिति सचिव कमल पुन माथी एक समुहले आइतबार राति खुकुरी प्रहार गरेको छ ।
खुकुरी प्रहारबाट सचीव पुन गम्भीर घाईते भएका छन भने अहिले उनको प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भैरहेको छ ।

आइतबार राती सुर्खेतको सिम्ता गाउँपालिका ६ रिठाबोटमा एक समुहले बाटोमा हिडिरहेका पुनमाथी खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको पारिवारिक स्रोतले बताएको छ । उनको शरीरका विभिन्न ठाउमा खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट पेटमा बढी चोट लागेको छ भने शरीरका अन्य भागमा समेत चोट लागेको पुनको पारिवारिक श्रोतले जनाएको छ।

तरुण दलका नगर सचिवमाथी भएको साङ्घातिक आक्रमणको भ्रत्सना गरिएको छ । तरुणदलका नगर सचिब पुनमाथी ज्यानमार्ने उद्देश्यका साथ आक्रमण गरि घाइते बनाएको भन्दै नेपाली कांग्रेस बनगाड कुपिण्डे नगर कार्य समिति, टोप बहादुर भण्डारीले एक बिज्ञप्ति मार्फत दोषी माथी कडा कारबाहीको माग गरेका छन । साथै तरुण दल बनगाड कुपिन्डे नगरकार्य समिती र नेपाल दलित बिद्यार्थी संघ लगाएतकाले बिज्ञप्ति जारी गर्दै बिरोध गरेका छन ।

बिना कारण खुकुरी प्रहार गरिएको भन्दै कारबाहीको माग गरिएको छ। उक्त घटनाले नेपाली हरुको सभ्यता, सम्बन्ध,कानुनी राज्यको गम्भीर उल्लंघन गरेको बिज्ञप्तिमा लेखिएको छ। बिज्ञप्तिमा यथासिघ्र उच्च छानबिन गरि सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र क्षतिपुर्ती उपलब्ध बनाई खुकुरी प्रहार गर्ने दोशीलाई कारबाहीको माग गरिएको छ ।

राज्यको कानुनकाे गम्भीर उल्लंघन गरेको बिज्ञप्तिमा लेखिएको छ। बिज्ञप्तिमा यथासिघ्र उच्च छानबिन गरि सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र क्षतिपुर्ती उपलब्ध बनाई खुकुरी प्रहार गर्ने दोशीलाई कारबाहीको माग गरिएको छ। नेपाली काङ्ग्रेस बनगाड कुपिण्डे नगरकार्य समितीका सभापति टोपबहादुर भण्डारी, नेपाल तरुण दल बनगाड कुपिण्डे नगरकार्य समिती सह सचीव सुसन केसी र नेपाल दलित विद्यार्थी संघ सभापति खिमलाल बिकले घटनाको निन्दा गरेका छन । बिना कारण ब्यक्तीको हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरिएको भन्दै दोसिलाई कारबाहिको माग गरेका छन।

प्रकाशित मिति: ८ भाद्र २०७७, सोमबार २१:४८