
रमेशकुमार वली
सल्यान,१४ भदाै । सल्यानकाे छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्ताेष केसीले अाफ्नाे सम्पत्ती बिबरण सार्बजनिक गर्नुभएको छ । आइतबार सदरमुकाम खलङगामा पत्रकार सम्मेलनकाे आयाेजना मार्फत सम्पत्ती बिबरण सार्बजनिक गर्नुभएको हाे ।
छ जनाकाे सगाेलमा रहेकाे सम्पत्तिमध्ये अधिकांश पुरख्याैली सम्पत्ति रहेकाे केसीले जानकारी दिनुभयाे ।उहाका अनुसार सल्यानकाे श्रीनगरमा २ वटा छत्रेश्वरी गाउपालिकाकाे लान्तिमा १ वटा,दाङ्गकाे तुलसीपुरमा १ वटा र काठमाडाैमा १ वटा घर रहेकाे जानकारी दिनुभयाे । यस्तै श्रीनगरमा दुईवटा घडेरी रहेकाे बताउनुभयाे । “पुर्ख्याैली सम्पत्तीकाे रुपमा साङ्काेटमा २४ राेपनी पाखाे जमिन छ र दाङ्गमा ११ कठ्ठा खेत रहेकाे छ” केसीले भन्नुभयाे ।
यस्तै एउटा कार, दुईवटा माेटरसाइकल र दुईवटा ट्याकटर समेत रहेकाे केसीले जानकारी दिनुभयाे ।”बुवा सरकारी कार्यालयमा सुब्बा र आमा शिक्षक हुनुभयाे त्यसका साथै ब्यबसायिक परिवार भएकोले आम्दानीकाे स्राेत राम्राे छ” ।केसीले भन्नुभयाे।
आफुले २०६४ सालदेखि नै ब्यबसाय शुरु गरेकाे उहाले जानकारी दिनुभयाे ।”मैले २०६४ सालदेखि सन्चाद कन्ट्रकसन सेवा र सप्लायर्स सञ्चालन गरेकाे छु जसमा बार्षिक १० कराेडभन्दा माथीकाे काराेबार हुन्छ” केसीले भन्नुभयाे । तर आफु अध्यक्षमा निर्बाचित भईसकेपछि नैतिकताका आधारमा ठेक्कापट्टाकाे काम नगरेकाे जानकारी दिनुभयाे ।
सगाेलमा छ जनाकाे परिवार रहेकाे र भाइ तारा एयरलाइन्समा क्याप्टेन रहेकाे जानकारी दिनुभयाे । “दुईवटा घरकाे भाडा मासिक छ लाख बराबर आउछ,भाइकाे मासिक ७ लाख ५० हजार तलब छ, ब्यपारबाट बार्षिक ६० लाख सम्म आम्दानी हुन्छ ” केसीले भन्नुभयाे । गाउपालिकामा भने प्रदेश सरकारले ताेकेबमाेजिमकाे मासिक ३३ हजार उपलब्ध हुने बताउनुभयाे ।
उहाले परिवारसङ्ग २२ देखि २५ ताेलासमम सुन रहेकाे पनि जानकारी दिनुभयाे । आफुसङ्ग भएको सम्पती बिबरणका बारेमा कसैलाई भ्रम नहाेस भनेर आफुले सम्पती बिबरण सार्बजनिक गरेकाे जानकारी दिनुभयाे । “म सार्बबजनिक पदमा रहेकैकारण मेराे सम्पती बिबरण सार्बजनिक गरेकाे छु याे सल्यान जिल्लाका सबैले सार्बजनिक गर्दा राम्राे हुन्छ” केसीले भन्नुभयाे ।
उहाले अफनाे ठुलाे काराेबार बैंकको ऋणबाट गरेकाे बताउनु भयाे ।” मेराे काराेबार सञ्चालनका लागि बैंकबाट ७ कराेड ९५ लाख ५० हजार रुपैया ऋण लिएर सञ्चालन गरेको छु ” केसीले भन्नुभयाे ।
सम्पत्ति बिबरण सार्बजनिक गर्ने उहाँ जिल्लाकाे पहिलाे जनप्रतिनिधि हुनुहुन्छ ।
प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार २१:२१