नेकपाको विज्ञप्तीः डिएसपि खतिवडाले छापामार शैलीमा ईन्चार्जको सरुवा गरे, कांग्रेसको प्रलोभनमा परे

इन्द्र बुढाथोकी
सल्यान- देवस्थल ईलाका प्रहरी कार्यालय सल्लीबजारका ईन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर खड्काको सरुवा भएपछी नेपाल कम्युनिष्ट पार्टी नेकपाले ध्यानाकर्षण भएको जनाएको छ । ईप्रकामा नै दरबन्दी भएका खड्काले प्रभावकारी कार्य सञ्चालन गर्दागर्दै पनि पाँच सरुवा गरेको भन्दै नेकपाले एक विज्ञप्ती निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

नेकपा बनगाड कुपिण्डे नगरपालिका नगर कमिटी अध्यक्ष कृति बहादुर राना र सचीव गन्जमान बुढाको सयुक्त हस्ताक्षरित विज्ञप्तिमा नेपाली कांग्रेस पार्टीको प्रलोभनमा परि सरुवा भएका प्रहरी नायब उपरीक्षक डिएसपी ढकेन्द्र खतिवडाले दरबन्दी सोही ईलाकामा भएका खड्कालाई ५ महिनामा नै काजमा अनेत्रै सरुवा गरेको र त्यसमा पनि आफु सरुवा भएको २ घण्टा भित्र डिएसपीले छापामार शैलीमा अर्काे इन्चार्ज पठाएको भन्दै नेकपाले आपत्ति जनाएको हो ।

साथै विश्वमा कोरोना महामारीले आक्रान्त भएको अवस्थामा सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा इन्चार्ज खड्काले अग्रपंक्तिमा रहेर खेलेको भुमिकाको प्रसंशा गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकामा मात्र ३५ सय मानिस आएको र ४० वटा क्वारेन्टाइनको व्यवस्थापनमा ईन्चार्ज खड्काले उल्लेखनीय भुमिका खेलेको तथा अहिले पनि विभिन्न देशबाट आएका मानिसहरूको व्यवस्थापनमा सक्रियताका साथ लागेका प्रहरीलाई सरुवा गरिएको भन्दै आपत्ति नेकपाले जनाएको हो ।

वनगाड क्षेत्रमा लामो समय देखि आपराधिक गतिविधिमा लागेका गुन्डागर्र्दी गर्दै हिड्ने मानिसहरुका गतिविधिहरुलाई पनि निस्किृय पारेको, चोरी डकैती गर्नेहरुलाई रातभर खोजिकार्य गरि जिल्लामा बुझाएको, अन्यायमा परिरहेका जनताको तत्काल न्याय एिको, जनताको सुरक्षामा सधै अग्रपंक्तिमा रहेर काम गरेको, स्थानीय स्तरमा बिगत ४ वर्ष देखि अवरुद्ध नाथेखोला पुल लगाएत अन्य बिकास निर्माण कार्य गराउन इन्चार्ज खडकाको अहम भुमिका रहेको विज्ञप्ति बताइएको छ ।

मोटरसाइकल चोरी गरेका व्यक्तिको फोटो र मोबाइल नम्बर समेत जिल्ला प्रहरी कार्यालयमा बुझाउदा समेत डिएसपी ढकेन्द्र खतिवडाले अहिले सम्म खोजिकार्य नगर्नु, सरुवा हुनु भन्दा एक दिन अगाडि नेपाली कांग्रेसका कार्यकर्ताले बजारका चियापसलहरुमा अब हाम्रो निकटको व्यक्ति प्रहरी इन्चार्ज आउदैछन् भन्नुले उक्त सरुवा गलत रहेको ठहर हुने भन्दै नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त सरुवा कार्यान्वयन नगराउन सबै प्रती नेकपाले अनुरोध गरेको छ । नेपाली कांग्रेसको प्रलोभनमा परि डिएसपी खतिवडाले आफ्ना क्रियाकलाप अघी बढाएकोमा नेकपाको आपत्ति रहेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७७, बिहीबार ०७:५३