कभर खबर

  • १९ भाद्र २०७७, शुक्रबार १६:२६

प्रहरी इन्चार्जलाई आफ्नै कार्यकर्ताजस्तो सम्झिएर नेकपाले कांग्रेसलाई विभिन्न आरोप लगाएको भन्दै विज्ञप्ती जारी

इन्द्र बुढाथोकी
सल्यान–इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्जको सरुवाको विषयमा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीलाई विभिन्न लान्छनाहरु लगाएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेस वनगाड कुपिण्डे नगर कार्यसमितिले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कर्मचारीको सरुवा प्रक्रियामा दुई तिहाईको सरकारले नांगो हस्तक्षप गरेको आरोप लगाएको हो । नगर सभापति टोप बहादुर भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तीमा नेकपा सरकारले विकास निर्माण कार्यमा गरेका वेतीथी र चरम भ्रष्टाचार जनता समक्ष ल्याउने चेतावनी दिइएको छ ।

नेकपाले इप्रका सल्लीका इन्चार्ज मिन बहादुर खड्कालाई आफ्नै पार्टीको सदस्य जस्तो सम्झीएको र कांग्रेसलाई विभिन्न आरोप लगाएर बदनाम गर्न खोजेको भनिएको छ । नेकपाले विहिबार एक विज्ञप्ती निकाल्दै डिएसपी ढकेन्द्र खतिवडाले कांग्रेससंगको मिलेमतोमा इप्रका सल्लीका इन्चार्जको सरुवा गरेको आरोप लगाएको थियो । उक्त विज्ञप्ती नेकपाले इन्चार्ज खड्काको मिलेमतोमा जारि गरेको कांग्रेसको आरोप छ ।

इन्चार्ज खडकाले शान्ती सुरक्षा कायम गर्न नसक्ने, जनताको सेवा गर्न नसक्ने भएकाले दुई दिन भित्र अर्काे स्थान रोजेर जान विज्ञप्ती मार्फत चेतावनी दिइएको छ । त्यसो नभएमा आन्दोलन गर्ने समेत नेपाली कांग्रेस बनगाड कुपिण्डे नगर कार्य समितीले जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७७, शुक्रबार १६:२६