सल्यानका दुई निर्वाचन क्षेत्र र १० स्थानीय तहहरुमा को को भए नेकपाको इन्चार्ज ?

सल्यान–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेश कमिटी सदस्यहरुको भुगोलको कार्य विभाजन गरेको छ । नेकपा कर्णाली प्रदेश कमिटीले निर्वाचन क्षेत्र र स्थानीय तहहरुमा इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको हो ।

जस अनुसार सल्यान प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कृति बहादुर पुन र क्षेत्र नम्बर २ मा उदय बहादुर वोहोरा इन्चार्जको रुपमा चयन भएका छन् ।
स्थानीय तहहरु तर्फ भिम बहादुर सेन कपुरकोट गाउँपालिका, भद्रसिंह बुढा सिद्धकुमाख गाउँपालिका, तिलक मल्ल कालिमाटी गाउँपालिकाको इन्चार्जमा चयन भएका छन् ।

यस्तै त्रिवेणी गाउँपालिकामा लोक बहादुर डाँगी, छत्रेश्वरी गाउँपालिकामा हरी केसी, शारदा नगरपालिकामा धीरेन्द्र बहादुर श्रेष्ठ, वनगाड कुपिण्डे नगरपालिकामा ज्ञान बहादुर ओली, कुमाख गाउँपालिकामा दिलमाया बुढा, दार्मा गाउँपालिकामा निम बहादुर केसी र बागचौर नगरपालिकामा टिकाराम ओली नेकपाको इन्चार्जमा चयन भएका छन् ।

 

प्रकाशित मिति: ७ आश्विन २०७७, बुधबार ०८:१३