कभर खबर

  • ९ आश्विन २०७७, शुक्रबार २०:१०

नेकपा सल्यानद्वारा असाेज २२ गते सम्मलाई सबै कार्यक्रम स्थगित

इन्द्र बुढाथोकी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यान पार्टीका सबै कार्यक्रम स्थगित गरेको छ ।जिल्लाका विभिन्न स्थानमा समुदाय स्तरमा समेत काेराेना संक्रमण फैलिंदै गइ रहेकाे अवस्थामा सावधानी अपनाउन पार्टीका सबै कार्यक्रम तत्कालका लागी स्थगित गरिएकाे जिल्ला अध्यक्ष गोविन्द कुमार पुन र सचीव कर्ण बहादुर बुढाथोकी (छाहारी) द्धारा हस्ताक्षरित विज्ञप्ति भनिएको छ ।

असाेज ९ गतेदेखी असाेज २२ गतेसम्म वडा स्तर  हुने वडा तथा टाेल पार्टी एकता,सपथ ग्रहण तथा अन्य कार्यक्रमहरू स्थगित गिरएकाे नेकपा सल्यानका अध्यक्ष गाेविन्द कुमार पुनले जानकारी दिनुभयाे ।

जिल्लामा समुदायमा कोरोना फैलिदै गएको र त्यसको असर सल्यान जिल्ला भरी नै परेका कारण पार्टीका सबै स्थानीय तहका पार्टीका कार्यक्रम स्थगित गर्न  नेकपा सल्यानले पार्टी कार्यकर्तालाई  विज्ञप्ती माफर्त अाग्रह गरेकाे छ ।

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार २०:१०