सल्यानका एक वडा अध्यक्ष दुइ दिन देखी सम्पर्क बिहिन

सल्यानमा एक वडा अध्यक्ष दुइ दिन देखी सम्पर्क बिहीन बनेका छन् । जिल्लाको शारदा नगरपालिका–१३ का वडा अध्यक्ष तुल्सी रावत दुइ दिन देखी परिवारको सम्पर्कमा छैनन् ।
असोज ११ गते घरबाट सदरमुकाम खलंगा जान्छु भनेर गएको र त्यसपछिबाट परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले बतायो ।
वडा अध्यक्ष परिवारको सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाइ खोजताशको लागी अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो ।
प्रहरीमा सुचना आए लगतै वडा अध्यक्षको खोजतलाश शुरु भइ सकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १२ आश्विन २०७७, सोमबार २०:०९