कभर खबर

  • १५ आश्विन २०७७, बिहीबार १८:३२

सुर्खेत बिमानस्थलको विकास,विस्तार र स्तरोन्नतीका लागी आठ बुंदे समझदारी पत्रमा हस्ताक्षर

सल्यान ।

सुर्खेत बिमानस्थलको बिस्तार र स्तरोन्नतिको काम संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानिमा अघि बढाउनका लागि बिहिवार नेपाल सरकार र कर्णाली प्रदेश सरकारविच आठ बुंदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, मुख्य मन्त्री महेन्द्र बहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहबरमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट प्राधिकरणका महानिर्देशक राजन पोख्रेल विच ऐतिहासिक समझदारी पत्र एमओयुमा हस्ताक्षर भएपछि कर्णालीवासीहरु हर्षित बनेका छन् ।

सुर्खेत बिमानस्थल निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट चालु आर्थिक बर्षको लागि ५० करोड बजेट बिनियोजन गरिएको कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १५ आश्विन २०७७, बिहीबार १८:३२