सांसद बस्नेतद्वारा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमका याेजना सार्वजनिक, सल्यानमा ४ कराेडका २८ याेजना छनाैट

करेश्मा गिरी / सल्यान ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमबाट सल्यानमा यस आर्थिक वर्ष २०७७/०७८ मा ४ कराेड बजेटका याेजनाहरु छनाेट गरिएकाे छ । बुधबार जिल्ला समन्वय समिती सल्यानकाे सभाहलमा  पत्रकार सम्मेलन गर्दै प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले छनाैट भएका याेजनाहरुकाे सार्वनजिक गर्नुभएकाे हाे ।

सांसद बस्नेतले ५ लाख देखि ३० लाखसम्मका २८ वटा याेजना यसवर्ष सल्यानमा छनाेट गरिएकाे बताउनुभयाे ।जसमा सडक, पुल, शैक्षिक क्षेत्र, सिंचाइ, खानेपानी पुर्वधार क्षेत्रका रहेका छन् । छनाेट भएका याेजनाहरु मध्ये सबैभन्दा बढी बजेट सडक निर्माणमा रहेकाे छ ।सडकमा मात्रै २ कराेड २० लाख रहेकाे छ । जिल्लाभर १० वटा सडकका याेजनाहरु छनाेट भएका छन् । त्यसैगरी शैक्षिक क्षेत्रमा ७५ लाख विनियाेजन गरिएकाे छ । शैक्षिक क्षेत्रमा विद्यालयकाे फिल्ड निर्माण, भाैतिक संरचना, गेट निर्माण तथा घेरबार रहेकाे छ । जसमा ८ वटा विद्यालय छनाेट भएका छन् ।

त्यस्तै सिंचाइमा  २८ लाखकाे बजेट छ भने ३ वटा याेजनाहरु छनाेट भएका छन् ।  खानेपानीमा ३८ लाखका ३ वटा याेजनाहरु छनाेट भएका छन् । अन्य पुर्वधारमा ३४ लाखका ४ वटा याेजनाहरु छनाेट भएका छन् ।

 गत वर्ष सल्यानमा स्थानीय पुर्वधार विकास साझेदारी कार्यक्रमबाट ६ कराेड बजेट परेकाे थियाे । काेराेना महामारीले गर्दा यस वर्ष २ कराेड घटेर बजेट आएकाे संसद बस्नेतले बताउनुभयाे ।

प्रकाशित मिति: १० मंसिर २०७७, बुधबार १७:२१